जवानीमा गरेको अपराधको सजाय बुढेसकालमा भोग्दै



मोरङ मिक्लाजुङका दुई जना प्रतिवादीले जवानीमा गरेको अपराधको कैद सजाय १६ वर्षपछि आएर भुक्तान गरे । मिक्लाजुङ गाउँपालिका–१ बस्ने ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षीय देवीप्रसाद राईले कर्तव्य ज्यान मुद्दामा जवानीमा गरेको अपराधको सजाय १६ वर्षपछि आएर बुढेसकालमा कैद भुक्तान गरे ।

प्रहरीको अनुसार उनीहरूले २०६४ जेठ २० गते राति मोरङ रमितेखोला–४ हाल मिक्लाजुङ गाउँपालिका वडा नं. १ बस्ने जाहेरवाला सुकजित राईको दाजु वर्ष ३५ का सन्तोष राईलाई प्रतिवादीहरू धनकुमार राई समेतले कुटपिट गरी हत्या गरेको आरोप छ । हत्या गरेपछि उनीहरुले जङ्गलमा लगी गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धान पछि २०६७ सालमा मोरङ अदालतको फैसलाले धनकुमार र देवीप्रसादलाई पाँच वर्ष कैद सजाय ठहर गरेको थियो । उनीहरुले अपराध गर्दा धनकुमारको उमेर ३४ वर्ष थियो भने देवीप्रसादको ५४ वर्ष उमेर रहेको थियो । उनीहरुले अपराध गरेको १६ वर्षपछि पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि मोरङ अदालत बुझाएर कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।

यसअघि पनि प्रहरीले खुन डाँका मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको अभियुक्तलाई मोरङ प्रहरीले ३६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले कटहरी गाउँपालिका ७ का ८७ वर्षीय विश्वास चौधरी थारु ३६ वर्षपछि खुनडाँका मुद्दामा पक्राउ परेको थियो । ०४२ सालमा थारु विरूद्ध थारु जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा परेको थियो । त्यतिबेला उनी ५१ वर्षका थिए । २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो । २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर ग¥यो । अर्थात् चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो । सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे । त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो । ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परेको थिए । ८७ वर्षको गलेको शरीर लिएर चौधरी अहिले जेलमा पुगेका छन् ।

उल्लेखित घटनाले ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउँछन् भन्ने देखाएको प्रहरी अधिकारीहरू दाबी गर्छन् ।

प्रकाशित मिति : 6:02 am

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक