केच्छाङ स्मृति कपको उपाधि खाम्लालुङ र फुलबारीलाई



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको केच्छाङ स्मृति कपको पुरुष तर्फको उपाधि खाम्लालुङ तेह्रथुमले हात पारेको छ ।

वायुयानी शक्तिको येवा पोमुकेच्छाङहाङको स्मृतिमा संचालित प्रतियोगितामा फुलबारीको ओशिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै खाम्लालुङको सृजनशिल क्लबले उपाधि हात पारेको हो । सेमिफाइनलमा फुलबारीले आयोजकलाई र खाम्लालुङले प्रगतिशिल युवा क्लब रमितेलाई पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको हो ।

यस्तै महिलातर्फ उपाधि ओशिष क्लब फुलबारीको पोल्टामा परेको छ । पृथ्वी तथा लेस्नामाया स्मृति क्लब मेरिङदेनलाई २–१ गोलअन्तरले पराजित गर्दै फुलबारीले उपाधि रक्षा गर्न सफल भएको आयोजक केच्छाङ स्पोर्टिङ क्लबले जनाएको छ ।

पुरुषतर्फको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फको बिजेतालाई ३३ हजार ३ सय ३३ र उपबिजेतालाई २२ हजार २ सय २२ रुपैँया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १४:१८

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको २ लाख १२ हजार

ताप्लेजुङ, भदौ २२ गते । सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड

फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, भदौ २२ गते । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई

साहित्यकार योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

साहित्यकार मनु योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम

ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा

मन्त्र ब्याण्ड ताप्लेजुङ आउने

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङमा मन्त्र ब्याण्ड आउने भएको