केच्छाङ स्मृति कपको उपाधि खाम्लालुङ र फुलबारीलाई



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको केच्छाङ स्मृति कपको पुरुष तर्फको उपाधि खाम्लालुङ तेह्रथुमले हात पारेको छ ।

वायुयानी शक्तिको येवा पोमुकेच्छाङहाङको स्मृतिमा संचालित प्रतियोगितामा फुलबारीको ओशिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै खाम्लालुङको सृजनशिल क्लबले उपाधि हात पारेको हो । सेमिफाइनलमा फुलबारीले आयोजकलाई र खाम्लालुङले प्रगतिशिल युवा क्लब रमितेलाई पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको हो ।

यस्तै महिलातर्फ उपाधि ओशिष क्लब फुलबारीको पोल्टामा परेको छ । पृथ्वी तथा लेस्नामाया स्मृति क्लब मेरिङदेनलाई २–१ गोलअन्तरले पराजित गर्दै फुलबारीले उपाधि रक्षा गर्न सफल भएको आयोजक केच्छाङ स्पोर्टिङ क्लबले जनाएको छ ।

पुरुषतर्फको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फको बिजेतालाई ३३ हजार ३ सय ३३ र उपबिजेतालाई २२ हजार २ सय २२ रुपैँया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 2:18 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश