मिक्वाखोलामा ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा सोमवार सम्पन्न योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपाल मिक्वाखोला गाउँपालिकाको प्रथम सम्मेलनमा पार्टी प्रवेश गरेका हुन् ।


पार्टी प्रवेश गर्नेमा नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष तथा निर्वाचित वडा सदस्य मनकुमारी भुजेल थलङ, मिक्वखोला – ३ लिबाङ तरुण दल वडा सचिव प्रकाश लिबाङ, राष्ट्रिय युवा संघ नेपालको वडा सदस्य कुमार शेर्पा लगायत ६४ बढी नेता तथा कार्यकर्ता रहेका छन् ।


नवप्रवेशीहरुलाई माआवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इञ्चार्ज पूर्व सांसद सीता थेबे, संबिधान सभा सदस्य सञ्चपाल मादेन, प्रदेश कमिटी सदस्य वाङदी शेर्पा, ताप्लेजुङ इञ्चार्ज विष्णु हाङबाङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष अध्यक्ष डण्डु लामा वाईसिएल केन्द्रीय सदस्य तथा ताप्लेजुङ ईन्चार्ज होमकुमारी दियाली, प्रदेश सचिवालय सदस्य तथा ताप्लेजुङ अध्यक्ष कैलाश माबो, प्रदेश कमिटी सदस्य सञ्जिब माबो लगायतका नेताहरुले स्वागत गरेका थिए । नवप्रवेशीहरुलाई केहीलाई जिम्मेवारी दिइसकिएको र बाँकी रहेकालाई पनि तत्काल पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिइने माओवादी केन्द्र मिक्वाखोला गाउँपालिका अध्यक्ष डण्डु लामाले बताउनुभयो ।


यसै बिच सुजन साँबाको अध्यक्षतामा ६३ सदस्यीय पालिका कमिटी चयन गर्दै नेकपा (माओवादी – केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीयल) नेपालको मिक्वाखोला गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । त्यस्तै उपाध्यक्षमा, सेनिहाङ साँवा, धनकुमार थलङ, सचिवमा तिलप्रसाद लिबाङ, सह–सचिवमा सञ्जबीर साँबा, आशिष लिम्बू, हिमाल लिम्बू, राम बहादुर लिम्बू, इन्द्रहाङ लिम्बू र कोषाध्यक्षमा सपना तामाङ सहित ६३ सदस्यीय पालिका कमिटी चयन भएको हो ।

प्रकाशित मिति : 1:26 pm

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)