मिक्वाखोलामा ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा सोमवार सम्पन्न योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपाल मिक्वाखोला गाउँपालिकाको प्रथम सम्मेलनमा पार्टी प्रवेश गरेका हुन् ।


पार्टी प्रवेश गर्नेमा नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष तथा निर्वाचित वडा सदस्य मनकुमारी भुजेल थलङ, मिक्वखोला – ३ लिबाङ तरुण दल वडा सचिव प्रकाश लिबाङ, राष्ट्रिय युवा संघ नेपालको वडा सदस्य कुमार शेर्पा लगायत ६४ बढी नेता तथा कार्यकर्ता रहेका छन् ।


नवप्रवेशीहरुलाई माआवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इञ्चार्ज पूर्व सांसद सीता थेबे, संबिधान सभा सदस्य सञ्चपाल मादेन, प्रदेश कमिटी सदस्य वाङदी शेर्पा, ताप्लेजुङ इञ्चार्ज विष्णु हाङबाङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष अध्यक्ष डण्डु लामा वाईसिएल केन्द्रीय सदस्य तथा ताप्लेजुङ ईन्चार्ज होमकुमारी दियाली, प्रदेश सचिवालय सदस्य तथा ताप्लेजुङ अध्यक्ष कैलाश माबो, प्रदेश कमिटी सदस्य सञ्जिब माबो लगायतका नेताहरुले स्वागत गरेका थिए । नवप्रवेशीहरुलाई केहीलाई जिम्मेवारी दिइसकिएको र बाँकी रहेकालाई पनि तत्काल पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिइने माओवादी केन्द्र मिक्वाखोला गाउँपालिका अध्यक्ष डण्डु लामाले बताउनुभयो ।


यसै बिच सुजन साँबाको अध्यक्षतामा ६३ सदस्यीय पालिका कमिटी चयन गर्दै नेकपा (माओवादी – केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीयल) नेपालको मिक्वाखोला गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । त्यस्तै उपाध्यक्षमा, सेनिहाङ साँवा, धनकुमार थलङ, सचिवमा तिलप्रसाद लिबाङ, सह–सचिवमा सञ्जबीर साँबा, आशिष लिम्बू, हिमाल लिम्बू, राम बहादुर लिम्बू, इन्द्रहाङ लिम्बू र कोषाध्यक्षमा सपना तामाङ सहित ६३ सदस्यीय पालिका कमिटी चयन भएको हो ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १३:२६

फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार)

फुङलिङ नगरपालिकाद्धारा असल बुहारी सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको

अखिल क्रान्तिकारी ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित

रेडियो काबेलीताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको

उहिलेको तिज

अर्पना बुढाथोकीताप्लेजुङ । अहिलेका दिदीबहिनीहरुले आधुनिक तिज मनाइरहेको बेलामा मलाई

हरितालिका तीजको महिमाः उपवास र हालको सृगांरिक पक्षले ल्याउन खोजेको समानता

ई.वीरेन्द्र श्रेष्ठताप्लेजुङ । हरितालिका तीज सनातन धर्म भित्रको एक विशेष