पुष २५ देखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, क-कस्ले दिन पाउँछन् आवेदन ?



सर्वोत्तम सिमेन्ट लिमिटेडले पुष २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गर्न लागेको हो।

त्यसैगरी, कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ १० गते हुनेछ भने ढिलोमा माघ २५ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १० गतेसम्ममा आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : 11:40 am

पत्रकार पन्दाक पुरस्कृत

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका

१२ बोरे बन्दुकसहित युवक पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा १२ बोरे बन्दुकसहित एक

उन्टर तोडफोड गरी नगद चोरी गर्ने व्यक्ति पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडास्थित बसपार्कमा

आठराई त्रिवेणीमा सम्पन्न निःशुल्क दन्त शिविरबाट दुई सय ५६ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका