प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप : तेह्रथुमलाई पराजित गर्दै मोरङ सेमिफाइनलमा प्रवेश



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपको अन्तिम क्वाटर फाइनल खेलबाट मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा बी टी फुटबल क्लब तेह्रथुमलाई ४–० गोल अन्तरले  पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टीम बनेको हो । 

अब मोरङले फाइनल प्रवेशका लागि पुष ९ गते पाँचथर फुटबल क्लब पाँचथरसँग प्रतिष्पर्धा गर्नेछ । पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० गोलअन्तरले पराजित गर्दै  सेमिफाइनलको यात्रा पक्का गरेको हो । भोलि सेमिफाइनलको पहिलो खेलमा चक्रघट्टी फुटबल क्लब सुनसरी र आठराई गाउँपालिका तेह्रथुमबीच आमनेसामने हुदैछ ।

सुनसरीले आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई र तेह्रथुमले रारा फुटबल क्लब धनकुटालाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको विजेताले ३  लाख २ हजार ८० र उपविजेताले १  लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता चासोक तङनामकोअवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुङभो र चासोक तङनाम सञ्चालन समितिको संयुक्त पहलमा आयोजना गरिएको हो । खेलको फाइनल पुष ११ गते हुँदैछ ।

प्रकाशित मिति : 2:02 pm

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ