प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप : तेह्रथुमलाई पराजित गर्दै मोरङ सेमिफाइनलमा प्रवेश



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपको अन्तिम क्वाटर फाइनल खेलबाट मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा बी टी फुटबल क्लब तेह्रथुमलाई ४–० गोल अन्तरले  पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टीम बनेको हो । 

अब मोरङले फाइनल प्रवेशका लागि पुष ९ गते पाँचथर फुटबल क्लब पाँचथरसँग प्रतिष्पर्धा गर्नेछ । पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० गोलअन्तरले पराजित गर्दै  सेमिफाइनलको यात्रा पक्का गरेको हो । भोलि सेमिफाइनलको पहिलो खेलमा चक्रघट्टी फुटबल क्लब सुनसरी र आठराई गाउँपालिका तेह्रथुमबीच आमनेसामने हुदैछ ।

सुनसरीले आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई र तेह्रथुमले रारा फुटबल क्लब धनकुटालाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको विजेताले ३  लाख २ हजार ८० र उपविजेताले १  लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता चासोक तङनामकोअवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुङभो र चासोक तङनाम सञ्चालन समितिको संयुक्त पहलमा आयोजना गरिएको हो । खेलको फाइनल पुष ११ गते हुँदैछ ।

प्रकाशित मिति : ७ पुष २०८०, शनिबार १४:०२

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक

ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर

ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको