कञ्चनजंघा सेसेलुङ गोल्ड कपः पाँचथर फुटबल क्लब बिजयी



रेडियो काबेली
ताप्लेजुङ । चासोक तङ्नाम पर्वको अवसरमा आयोजित आमन्त्रित प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपमा बिहिबार (आज) भएको खेलमा पाँचथर फुटबल क्लब बिजयी भएको छ । भानु जन माध्यमिकको खेल मैदानमा भएको खेलमा जलथल फुटबल क्लब झापालाई १–० गोल अन्तरले पराजित गर्दै पाँचथर फुटबल क्लब बिजयी हुँदै सेमिफाईनलको यात्रा सुनिश्चित गरेको छ ।


प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजक कञ्चनजंघा फुङलिङ क्लबले जनाएको छ । जसमा आयोजक सहित सगरमाथा युथ क्लब मोरङ, बी.टि.फुटबल क्लब तेह्रथुम, जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा र चक्रघट्टी फुटबल क्लब सुनसरीको सहभागिता रहेको छ ।

बुधबार भएको उद्धघाटन खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फुटबल क्लब सुनसरीले सेमिफाईनलको यात्रा पक्का गरि सकेको छ ।

शुक्रबार (भोली) रारा फुटबल क्लब धनकुटा र आठराई गाउँपालिका तेह्रथुम बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।


प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ ।

प्रकाशित मिति : 11:35 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ