पुषे मेला स्वर्ण महोत्सवः भलिबलको उपाधी पाथीभरा टाइगर दमकको पोल्टामा



रेडियो काबेली
ताप्लेजुङ । पुषे मेला स्वर्ण महोत्सवमा भएको अन्तरजिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी पाथीभरा टाइगर भलिबल क्लब दमकको पोल्टामा परेको छ । बिहिबार (आज) भएको फाईनल खेलमा मुकेश मेमोरियल क्लब ताप्लेजुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेको हो ।


उपाधीसँगै पाथीभरा टाइगर भलिबल क्लबले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरको छ । त्यस्तै उपविजेता भएको मुकेश मेमोरियल क्लब ताप्लेजुङले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

आज भएको खेलमा पाथीभरा टाइगर भलिबल क्लब दमकका खेलाडी रविन गौतम म्यान अफ द म्याच घोषित भए ।ताप्लेजुङको दोभान बजारमा जारी प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा भोजपुरलाई ३–१ सेटले पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक फाईनलमा प्रवेश गरेको थियो ।

त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाईनल खेलमा संखुवासभालाई सोझो सेटले पराजित गर्दै मुकेश मेमोरियल क्लब ताप्लेजुङ फाईनमा प्रवेश गरेको थियोे ।


सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिएको आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १०:२४

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

ताप्लेजुङ, भदौ १८ गते । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै