पुषे मेला स्वर्ण महोत्सवः भलिबलको उपाधी पाथीभरा टाइगर दमकको पोल्टामा



रेडियो काबेली
ताप्लेजुङ । पुषे मेला स्वर्ण महोत्सवमा भएको अन्तरजिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी पाथीभरा टाइगर भलिबल क्लब दमकको पोल्टामा परेको छ । बिहिबार (आज) भएको फाईनल खेलमा मुकेश मेमोरियल क्लब ताप्लेजुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेको हो ।


उपाधीसँगै पाथीभरा टाइगर भलिबल क्लबले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरको छ । त्यस्तै उपविजेता भएको मुकेश मेमोरियल क्लब ताप्लेजुङले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

आज भएको खेलमा पाथीभरा टाइगर भलिबल क्लब दमकका खेलाडी रविन गौतम म्यान अफ द म्याच घोषित भए ।ताप्लेजुङको दोभान बजारमा जारी प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा भोजपुरलाई ३–१ सेटले पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक फाईनलमा प्रवेश गरेको थियो ।

त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाईनल खेलमा संखुवासभालाई सोझो सेटले पराजित गर्दै मुकेश मेमोरियल क्लब ताप्लेजुङ फाईनमा प्रवेश गरेको थियोे ।


सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिएको आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिए ।

प्रकाशित मिति : 10:24 am

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर