प्रथम कञ्जनजंघा सेसेलुङ गोल्ड कपः आज पाँचथर फुटबल क्लब र जलथल फुटबल क्लब,झापा खेल्दै



रेडियो काबेली

ताप्लेजुङ । प्रथम कञ्जनजंघा सेसेलुङ गोल्ड कपको दोस्रो दिन बिहिबार (आज) पाँचथर फुटबल क्लब,पाँचथर र जलथल फुटबल क्लब,झापा बिचको खेल हुँदैछ । खेल भानु माध्यमिक विद्यालयको खेल मैदानमा दिउँसो १ बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजक कञ्चनजंघा फुङलिङ क्लब,सगरमाथा युथ क्लब मोरङ, बी.टि.फुटबल क्लब तेह्रथुम, जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा र आज जित हासिल गर्ने चक्रघट्टी फुटबल क्लब सुनसरीको सहभागिता रहेको छ ।


बुधबार (हिजो) भएको पहिलो खेलमा चक्रघट्टी फुटबल क्लब,सुनसरीले आयोजक जक कञ्चनजंघा फुङलिङ क्लबल,ताप्लेजुङलाई २–१ को गोल अन्तरले पराजित गरेको थियो ।


प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ ।

प्रकाशित मिति : 3:52 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा