प्रथम कञ्जनजंघा सेसेलुङ गोल्ड कपः आज पाँचथर फुटबल क्लब र जलथल फुटबल क्लब,झापा खेल्दै



रेडियो काबेली

ताप्लेजुङ । प्रथम कञ्जनजंघा सेसेलुङ गोल्ड कपको दोस्रो दिन बिहिबार (आज) पाँचथर फुटबल क्लब,पाँचथर र जलथल फुटबल क्लब,झापा बिचको खेल हुँदैछ । खेल भानु माध्यमिक विद्यालयको खेल मैदानमा दिउँसो १ बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजक कञ्चनजंघा फुङलिङ क्लब,सगरमाथा युथ क्लब मोरङ, बी.टि.फुटबल क्लब तेह्रथुम, जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा र आज जित हासिल गर्ने चक्रघट्टी फुटबल क्लब सुनसरीको सहभागिता रहेको छ ।


बुधबार (हिजो) भएको पहिलो खेलमा चक्रघट्टी फुटबल क्लब,सुनसरीले आयोजक जक कञ्चनजंघा फुङलिङ क्लबल,ताप्लेजुङलाई २–१ को गोल अन्तरले पराजित गरेको थियो ।


प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार ०३:५२

आठराई त्रिवेणीद्वारा लक्ष्य भन्दा दोब्बर बढी राजश्व सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले लक्ष्य भन्दा दोब्बर बढी

ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु 

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु

अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 

ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा

सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा

ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री