पुषे मेला स्वर्ण महोत्सवः भलिबलमा पाथीभरा टाइगर दमक फाईनलमा प्रवेश




रेडियो काबेली

ताप्लेजुङ । पुषे मेला स्वर्ण महोत्सवमा जारी अन्तरजिल्ला पुरुष भलिबल प्रतियोगितामा पाथीभरा टाइगर भलिबल क्लब दमक फाईनलमा प्रवेश गरेको छ ।


ताप्लेजुङको दोभान बजारमा जारी प्रतियोगितामा बुधबार (आज) भएको पहिलो सेमिफाईनल खेलमा भोजपुरलाई ३–१ सेटले पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक फाईनलमा प्रवेश गरेको हो । पाथीभरा टाइगर क्लब दमकले भोजपुरलाई १९–२५, २५–२२, २५–१६,२५–१२ ले पराजित गर्दै फाईनलको यात्रा पक्का गरेको हो ।


प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिए ।

प्रकाशित मिति : 11:35 am

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण