पुषे मेला स्वर्ण महोत्सवः भलिबलमा पाथीभरा टाइगर दमक फाईनलमा प्रवेश




रेडियो काबेली

ताप्लेजुङ । पुषे मेला स्वर्ण महोत्सवमा जारी अन्तरजिल्ला पुरुष भलिबल प्रतियोगितामा पाथीभरा टाइगर भलिबल क्लब दमक फाईनलमा प्रवेश गरेको छ ।


ताप्लेजुङको दोभान बजारमा जारी प्रतियोगितामा बुधबार (आज) भएको पहिलो सेमिफाईनल खेलमा भोजपुरलाई ३–१ सेटले पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक फाईनलमा प्रवेश गरेको हो । पाथीभरा टाइगर क्लब दमकले भोजपुरलाई १९–२५, २५–२२, २५–१६,२५–१२ ले पराजित गर्दै फाईनलको यात्रा पक्का गरेको हो ।


प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिए ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार ११:३५

आठराई त्रिवेणीद्वारा लक्ष्य भन्दा दोब्बर बढी राजश्व सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले लक्ष्य भन्दा दोब्बर बढी

ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु 

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु

अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 

ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा

सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा

ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री