पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लोपटक ९८ तोला भन्दा बढी सुन सङ्कलन भएको छ। पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरिएको हो । 

सुन सङ्कलन गरी  तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए। उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन। यस्तै, सोही अवधिमा नै ९२ किलो ६ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ। चाँदीसमेत रिफाइन गरिएको छैन।

गत वर्षको भदौ ७ देखि गएको मंसिर १६ गतेसम्म मन्दिरमा सङ्कलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

यसअघि दुई वर्षको अवधिमा सङ्कलित सुनचाँदीको विवरण यकिन भएको थियो। उक्त विवरणअनुसार ०७७ साल भदौ १८ देखि ०७९ भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल छ।

दुवैपटक तौल गरिएको सुन बिक्री गरिएको छैन। यसपटक संकलित सुन रिफाइन पछि लिलाम बिक्री हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।

यस्तै, पाथीभरामा संकलन भएको भेटी रकमसमेत गणना भइरहेको छ। मन्दिरबाट जम्मा गरेर क्षेत्र विकास समितिको भण्डारमा राखिएका नोट मिलाउने काम भइरहेको कार्यकारी निर्देशक हाङबाङले बताए। अपुग कर्मचारी थप गरेर लामो समयदेखि थुप्रिएका नोट मिलाउने र गणना गर्ने कार्य भइरहेको उनको भनाइ छ। रासस 

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १३:१०

सुनको मूल्य २ लाख ५ हजार नाघ्यो 

ताप्लेजुङ, भदौ १६ गते । सोमबार सुनको मूल्य थप बढेको

सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगायो 

ताप्लेजुङ, भदौ १६ गते । ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनाम स्थित

ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा

ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

ताप्लेजुङ, भदौ १६ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी

डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

ताप्लेजुङ, भदौ १६ गते । नेपाल आयल निगमले डिजल, मट्टीतेल