फुङलिङमा ३ दिने उद्धघोषण तालिम सम्पन्न




रेडियो काबेली

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ४ मा दलितहरुको लागि शुक्रबारबाट सुरु भएको उद्धघोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । सोमबार सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन भएको हो ।


नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ताप्लेजुङको आयोजनामा वडा नं. ४ आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि वडाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक दिपेश सुनामले जानकारी दिए ।


तालिम सहजकर्ता एलिना दियालीले सहभागीहरुको वाककलाको क्षमता वृद्धि गर्न तालिमले केहि हदसम्म सहयोग गरेको बताउँदै सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्न आग्रह गरिन् ।

आफुहरुले छोटो समयमा पनि धेरै कुरा सिक्न पाएकोमा सहभागीले भने खुसि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार ११:२०

मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी

फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने

मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई