हिमालयन रिइन्स्योरेन्सको आईपीओ सबै बिक्यो, निष्काशन पुस ११ गते बन्द हुने



हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपीओमा साढे १४ लाख बढी आवेदकले आवेदन दिएका छन् । आइतबारसम्म कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका हुन्।

कम्पनीमा आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ संकलन भएको छ । कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।

कम्पनीले १ सय ६ रुपैयाँ प्रिमियम थप गरी २ सय ६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँट गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको हो ।

कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुनेछ।

प्रकाशित मिति : 12:57 am

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)