फक्ताङलुङ गाउँपालिकाको बजेट ५५ करोड ३७ लाख बढी 



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ५५ करोड ३७ लाख बढी बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँ सभा मार्फत उक्त बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाको उपाध्यक्ष रविन राम्रा विकासले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ५५ करोड ३८ लाख एक रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत गरिएको बजेटमा सङ्घीय र प्रदेश सरकारको वित्तिय समानीकरण अन्तरगत क्रमश ११ करोड २३ लाख रुपियाँ र ९५ लाख ९६ हजार रुपियाँ रहेको छ । 

यस्तै राजश्व बाँडफाँड अन्तरगत सङ्घीय सरकारको १३ करोड ४ लाख र प्रदेश सरकारको ९५ लाख ९८ हजार रुपियाँ रहेको छ । सर्शत अनुदानतर्फ सङ्घीय सरकारको २१ करोड ९४ लाख रुपियाँ र प्रदेश सरकारको एक करोड ३१ लाख ४२ हजार रुपियाँ रहेको छ । 

विषेश अनुदानतर्फ सङ्घीय सरकारको दुई करोड ७० लाख रुपियाँ रहेको छ । समपूरक अनुदानतर्फ सङ्घीय सरकारको ९१ लाख र प्रदेश सरकारको १६ लाख रुपियाँ रहेको छ । आन्तरिक स्रोत ४९ लाख ९१ हजार एक रुपियाँ र गाउँपालिकाको अनुमानित आल्या ५० लाख रुपियाँ रहेको प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : 7:49 am

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा