पाथिभरा याङ्वरक गाउँपालिकाको बजेट ५२ करोड ५१ लाख बढी 



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले ५२ करोड ५१ लाख बढी बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँ सभा मार्फत उक्त बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाको उपाध्यक्ष रनमाया गुरुङले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ५२ करोड ५१ लाख ७४ हजार ५५२ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । पालिकाले चालु खर्च तर्फ ५१ करोड ६३ लाख ६८ हजार ५०० रुपियाँ बजेट प्रस्तुत गरेको छ । 

यस्तै पुँजीगत खर्च २० करोड ८८ लाख ६ हजार रुपियाँ रहेको छ । जसमा सङ्घीय सरकार सर्शत अनुदान २० करोड ३३ लाख रुपियाँ, सङ्घीय सरकार समानीकरण अनुदान १० करोड ७ लाख रुपियाँ रहेको छ ।

सङ्घीय सरकार अन्तरगतको राजश्व बाँडफाँड ६ करोड ९३ लाख ५५ हजार ९७ रुपियाँ, सङ्घीय सरकारको विषेश अनुदान अन्तरगत दुई करोड ३५ लाख रुपियाँ, सङ्घीय सरकार समपूरक समपूरक अनुदान तीन करोड ९० लाख रुपियाँ रहेको छ ।

यस्तै प्रदेश सरकार शर्सत अनुदान ५७ लाख १८ हजार रुपियाँ, प्रदेश सरकार समानीकरण अनुदान ९६ लाख ६२ हजार रुपियाँ, प्रदेश सरकार राजश्व बाँडफाँड ४७ लाख २३ हजार रुपियाँ, प्रदेश सरकार समपूरक अनुदान एक करोड ६० लाख रहेको छ । 

चालु आर्थिक वर्षको अनुमानित बैँक मौज्दात चार करोड ७५ लाख र आन्तरिक स्रोत ३० लाख रहने अनुमान गरि जम्मा ५२ करोड ५१ लाख ७४ हजार ५५२ रुपियाँको बजेट प्रस्तुत गरिएको पालिकाले जनाएको छ । 

प्रकाशित मिति : 7:43 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन