पाथिभरा याङ्वरक गाउँपालिकाको बजेट ५२ करोड ५१ लाख बढी 



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले ५२ करोड ५१ लाख बढी बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८औं गाउँ सभा मार्फत उक्त बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाको उपाध्यक्ष रनमाया गुरुङले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ५२ करोड ५१ लाख ७४ हजार ५५२ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । पालिकाले चालु खर्च तर्फ ५१ करोड ६३ लाख ६८ हजार ५०० रुपियाँ बजेट प्रस्तुत गरेको छ । 

यस्तै पुँजीगत खर्च २० करोड ८८ लाख ६ हजार रुपियाँ रहेको छ । जसमा सङ्घीय सरकार सर्शत अनुदान २० करोड ३३ लाख रुपियाँ, सङ्घीय सरकार समानीकरण अनुदान १० करोड ७ लाख रुपियाँ रहेको छ ।

सङ्घीय सरकार अन्तरगतको राजश्व बाँडफाँड ६ करोड ९३ लाख ५५ हजार ९७ रुपियाँ, सङ्घीय सरकारको विषेश अनुदान अन्तरगत दुई करोड ३५ लाख रुपियाँ, सङ्घीय सरकार समपूरक समपूरक अनुदान तीन करोड ९० लाख रुपियाँ रहेको छ ।

यस्तै प्रदेश सरकार शर्सत अनुदान ५७ लाख १८ हजार रुपियाँ, प्रदेश सरकार समानीकरण अनुदान ९६ लाख ६२ हजार रुपियाँ, प्रदेश सरकार राजश्व बाँडफाँड ४७ लाख २३ हजार रुपियाँ, प्रदेश सरकार समपूरक अनुदान एक करोड ६० लाख रहेको छ । 

चालु आर्थिक वर्षको अनुमानित बैँक मौज्दात चार करोड ७५ लाख र आन्तरिक स्रोत ३० लाख रहने अनुमान गरि जम्मा ५२ करोड ५१ लाख ७४ हजार ५५२ रुपियाँको बजेट प्रस्तुत गरिएको पालिकाले जनाएको छ । 

प्रकाशित मिति : 7:43 am

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा