मिक्वाखोला गाउँपालिकाको बजेट ४० करोड ७ लाख बढी 



ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाले ४० करोड ७ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको केन्द्र साँवामा सम्पन्न भएको २०औं गाउँसभा मार्फत उपाध्यक्ष डण्डु लामाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४० करोड ७ लाख ७७ हजार ८१२ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । 

जसमा वित्तिय समानीकरण अनुदान अन्तरगत सङ्घीय सरकारको ९९ लाख रुपियाँ र प्रदेश सरकारको ८२ लाख १८ हजार रुपियाँ रहेको छ । राजश्व बाँडफाँड अन्तरगत सङ्घीय सरकारको नौ करोड ७७ लाख तीन हजार ८१२ रुपियाँ र प्रदेश सरकार अन्तरगत ६२ लाख २९ हजार रुपियाँ रहेको छ । 

यस्तै सर्शत अनुदान अन्तरगत सिङ्घिया सरकारको पुँजीगत तर्फ एक करोड ३७ लाख र चालु तर्फ १२ करोड ९३ लाख रुपियाँ र प्रदेश सरकार अन्तरगतको पुँजीगत तर्फ १७ लाख र चालु तर्फ एक करोड ६५ लाख ७ हजार रुपियाँ रहेको छ । 

पालिका उपाध्यक्ष लामाले प्रस्तुत गर्नुभएको बजेटमा विषेश अनुदान अन्तरगत सङ्घीय सरकारको ४७ लाख रुपियाँ रहेको छ । समपूरक अनुदान अन्तरगत सङ्घीय सरकारको एक करोड ९३ लाख र प्रदेश सरकार अन्तरगत ८३ लाख रुपियाँ रहेको छ । 

साथै आन्तरिक स्रोत ४५ लाख र आल्या रकम ४० लाख रुपियाँ रहेको छ । 

प्रकाशित मिति : 9:49 am

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा