मिक्वाखोला गाउँपालिकाको बजेट ४० करोड ७ लाख बढी 



ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाले ४० करोड ७ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको केन्द्र साँवामा सम्पन्न भएको २०औं गाउँसभा मार्फत उपाध्यक्ष डण्डु लामाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४० करोड ७ लाख ७७ हजार ८१२ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । 

जसमा वित्तिय समानीकरण अनुदान अन्तरगत सङ्घीय सरकारको ९९ लाख रुपियाँ र प्रदेश सरकारको ८२ लाख १८ हजार रुपियाँ रहेको छ । राजश्व बाँडफाँड अन्तरगत सङ्घीय सरकारको नौ करोड ७७ लाख तीन हजार ८१२ रुपियाँ र प्रदेश सरकार अन्तरगत ६२ लाख २९ हजार रुपियाँ रहेको छ । 

यस्तै सर्शत अनुदान अन्तरगत सिङ्घिया सरकारको पुँजीगत तर्फ एक करोड ३७ लाख र चालु तर्फ १२ करोड ९३ लाख रुपियाँ र प्रदेश सरकार अन्तरगतको पुँजीगत तर्फ १७ लाख र चालु तर्फ एक करोड ६५ लाख ७ हजार रुपियाँ रहेको छ । 

पालिका उपाध्यक्ष लामाले प्रस्तुत गर्नुभएको बजेटमा विषेश अनुदान अन्तरगत सङ्घीय सरकारको ४७ लाख रुपियाँ रहेको छ । समपूरक अनुदान अन्तरगत सङ्घीय सरकारको एक करोड ९३ लाख र प्रदेश सरकार अन्तरगत ८३ लाख रुपियाँ रहेको छ । 

साथै आन्तरिक स्रोत ४५ लाख र आल्या रकम ४० लाख रुपियाँ रहेको छ । 

प्रकाशित मिति : 9:49 am

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा