धान दिवसमा रोपाइ



ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल जिल्ला समन्वय समिति ताप्लेजुङको आयोजनामा धान दिवस मनाइएको हो ।

धान बालीमा सघनता स् खाद्य सुरक्षा र आत्म निर्भरता भन्ने नाराका साथ २२ औं धान दिवस मनाइएको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले बताउनुभयो । धान दिवसमा स्थानीय कृषकसहित कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गाम, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रमुखहरू, कार्यलयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

उपस्थिति सबैले धान रोपेर धान दिवस मनाइएको राष्ट्रिय कृषक समूह महासङ्घ ताप्लेजुङले जनाएको छ । यता ताप्लेजुङमा गत वर्षको तुलनामा धान रोपाइँ घटेको छ । गत वर्ष यो अवधिमा २९.४ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष १७.८५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी सशिकुमार सिं ले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पानी कम परेकोले रोपाइँ पनि कम भएको हो । तर, यो वर्ष सरदारभन्दा धेरै पानी पर्ने भएकाले रोपाइँ धेरै हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : 9:06 pm

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा