ताप्लेजुङमा सम्वन्ध बिच्छेदका घटनाको नयाँ रेकर्ड



ताप्लेजुङ । पारिवारिक बिग्रहको रुपमा लिईने सम्वन्ध बिच्छेदका घटनाले ताप्लेजुङमा नयाँ रेकर्ड कायम गरेको छ । चालू आर्थिक बर्ष २०८०/८१ को पहिलो चौमासिक अवधि (साउन–मंसिर) मा अदालतमा दर्ता भएका मुद्दामध्ये ५४ प्रतिशत सम्वन्ध बिच्छेदका रहेका छन् ।

ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार मनोज बरालका अनुसार चालू आवको पहिलो चौमासिक अवधिमा अदालतमा १ सय ३८ थान नयाँ मुद्दा दर्ता भएका छन् । तिमध्ये ७५ थान मुद्दा सम्वन्ध बिच्छेदका रहेको अदालतले जनाएको छ । अघिल्लो आवबाट चालू आवमा जिम्मेवारी सरी आएका १ सय ४० थान मुद्दामध्ये ४१ थान सम्वन्ध बिच्छेदका छन् । आव २०७९/८० को एकबर्षे अवधिमा अदालतमा दर्ता भएका मुद्दामध्ये ४४ प्रतिशत हाराहारी सम्वन्ध बिच्छेदका थिए । चालू आवको मंसिर मसान्तसम्मको मुद्दाको अवस्था हेर्दा यहीँ प्रकृतिका मुद्दाले निरन्तरता पाए सम्वन्ध बिच्छेदका मुद्दाले अघिल्लो आवको रेकर्ड ‘बेक्र’गर्ने देखिएको छ ।

सम्वन्ध बिच्छेद श्रीमान–श्रीमतीबिचको बैवाहिक नाता सम्बन्धबाट दायीत्वरहित तवरले अलग हुने कानुनी आधार हो । यसलाई प्राचीन समयमा पारपाचुके वा छोडपत्र भनिन्थ्यो । अहिले परिस्कृत रुपमा सम्बन्ध बिच्छेद भन्ने गरिन्छ । मुलुकी देवानी संहिता २०७४ को दफा ९४ मा पतिले र दफा ९५ मा पत्नीले सम्वन्धबिच्छेद गर्न सक्ने कानुनी प्रावधान उल्लेख गरिएको छ ।

कानुन बमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामाबाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीनवर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,पत्नीले पतिको अङ्ग–भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्वन्ध बिच्छेद गर्न सक्ने कानुनी प्रावधान रहेको छ ।

यस्तै कानुन बमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामाबाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा र पतिले पत्नीको अङ्ग–भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा सम्वन्धबिच्छेद गर्न पाउँछिन् । यस्तै पतिले अर्को विवाह गरेमा,पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पनि सम्वन्धबिच्छेदको प्रकृया बढ्ने कानुनी आधार सृजना हुन्छ ।

३५ प्रतिशत मुद्दा फर्छ्यौट
ताप्लेजुङ जिल्ला अदालतले पहिलो चौमासिक अवधिमा ३५ प्रतिशत हाराहारी मुद्दाको फर्छ्यौट गरेको जनाएको छ । नयाँ लगत दर्ता भएका १ सय ३८ र जिम्मेवारी सरी आएका १ सय ४० गरी कूल २ सय ७८ थान मुद्दामध्ये यो अवधिमा ९६ जना मुद्दा फर्छ्यौट भएको अदालतले जानकारी दिएको छ । eujyalopost.com

प्रकाशित मिति : 12:58 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि