फुङलिङ नगरपालिका वडा नं. ४ मा उद्धघोषण तालिम सुरु




रेडियो काबेली

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ४ मा दलितहरुको लागि उद्धघोषण तथा भाषणकला तालिम शुक्रबारबाट सुरु भएको छ ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ताप्लेजुङको आयोजनामा वडा नं. ४ को सभाहलमा तालिम सुरु भएको हो ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि वडाको आर्थिक सहयोगमा कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक दिपेश सुनामले जानकारी दिए ।


उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी फुङलिङ नगरपालिकाकी उप–प्रमुख भिमा देवी ओझाले कार्यक्रमले सहभागीहरुको वाककलामा विकास हुने र यस्ले हरेकको जिवनमा अर्थ राख्ने विश्वास व्यक्त गरिन् ।


त्यस्तै वडा नं. ४ का अध्यक्ष दुर्गा पालुङ्वाले सबै सहभागीलाई राम्रोसँग सिक्न र सिकेकोे कुरा व्यवहारमा लागु गर्न आग्रह गरे । तालिममा १५ जना सहभागी रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 2:32 pm

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा