सानिमा बैंक ताप्लेजुङले दुई छात्रालाई वार्षिक ५० हजारको छात्रबृत्ति दिने



रेडियो काबेली

ताप्लेजुङ – कक्षा ११ अध्ययनकालागि सानिमा बैंक लिमिटेड ताप्लेजुङले दुईजना छात्रालाई बार्षिक ५० हजारका दरले छात्रबृत्ति दिने भएको छ । यसै शैक्षिक सत्रमा एसइइ उर्तीण गरी ११ कक्षामा भर्ना भएका फुङलिङ नगरपालिका ३ का पुजा गुरगाई र २ का प्रनिशा धिताललाई उपलब्ध गराउने भएको हो ।


सानिमा बैंकका प्रवन्धक बिनोद ओझाका अनुसार छात्रबृत्तिका लागि गत भदौमा आवेदन आब्हान गरिएको थियो । जस्कालागि तीन छात्र र दुई छात्रा गरी पा“च जनाले आवेदन दिएका थिए । उनिहरु मध्ये सिभिल इञ्जिनियर अध्ययनकालागि भानुजन माविमा भर्ना भएकी गुरगाई र हाइड्रो इञ्जिनियरकालागि वाल सुवोधिनि माविमा भर्ना भएकी धिताललाई छनौट गरिएको ओझाले जानकारी दिए ।


उनिहरुले एसइइमा प्राप्त गरेको जिपिए, अध्ययन गरिरहेको विषय, त्यसको लागत, पढाईको निरन्तरता र आर्थिक स्रोतलाई अध्ययन गरिएको छनौट समितिले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख योगेश्वर भट्टराई, बैंक भएको फुङलिङ नगरपालिका ५ का वडाध्यक्ष सोजीत श्रेष्ठ लगायतको छनौट समिति वनाइएको थियो ।


यी छात्राले ११ कक्षा उर्तिर्ण गरे १२ मापनि यत्तीनै रकम प्राप्त गर्नेछन । विद्यालय छोडे वा उनुतीर्ण भए १२ कक्षामा रकम नदिइने ओझाले वर्ताए । सानिमा बैंकले काठमाण्डौं उपत्यका वाहिर रहेका प्रत्येक शाखावाट यो रकम उपलब्ध गराउदै आएको बैंकले वताएको छ । बैंकले उनिहरुको अध्ययनको अनुगमन र मुल्यांकन पनि गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : 11:47 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि