सानिमा बैंक ताप्लेजुङले दुई छात्रालाई वार्षिक ५० हजारको छात्रबृत्ति दिने



रेडियो काबेली

ताप्लेजुङ – कक्षा ११ अध्ययनकालागि सानिमा बैंक लिमिटेड ताप्लेजुङले दुईजना छात्रालाई बार्षिक ५० हजारका दरले छात्रबृत्ति दिने भएको छ । यसै शैक्षिक सत्रमा एसइइ उर्तीण गरी ११ कक्षामा भर्ना भएका फुङलिङ नगरपालिका ३ का पुजा गुरगाई र २ का प्रनिशा धिताललाई उपलब्ध गराउने भएको हो ।


सानिमा बैंकका प्रवन्धक बिनोद ओझाका अनुसार छात्रबृत्तिका लागि गत भदौमा आवेदन आब्हान गरिएको थियो । जस्कालागि तीन छात्र र दुई छात्रा गरी पा“च जनाले आवेदन दिएका थिए । उनिहरु मध्ये सिभिल इञ्जिनियर अध्ययनकालागि भानुजन माविमा भर्ना भएकी गुरगाई र हाइड्रो इञ्जिनियरकालागि वाल सुवोधिनि माविमा भर्ना भएकी धिताललाई छनौट गरिएको ओझाले जानकारी दिए ।


उनिहरुले एसइइमा प्राप्त गरेको जिपिए, अध्ययन गरिरहेको विषय, त्यसको लागत, पढाईको निरन्तरता र आर्थिक स्रोतलाई अध्ययन गरिएको छनौट समितिले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख योगेश्वर भट्टराई, बैंक भएको फुङलिङ नगरपालिका ५ का वडाध्यक्ष सोजीत श्रेष्ठ लगायतको छनौट समिति वनाइएको थियो ।


यी छात्राले ११ कक्षा उर्तिर्ण गरे १२ मापनि यत्तीनै रकम प्राप्त गर्नेछन । विद्यालय छोडे वा उनुतीर्ण भए १२ कक्षामा रकम नदिइने ओझाले वर्ताए । सानिमा बैंकले काठमाण्डौं उपत्यका वाहिर रहेका प्रत्येक शाखावाट यो रकम उपलब्ध गराउदै आएको बैंकले वताएको छ । बैंकले उनिहरुको अध्ययनको अनुगमन र मुल्यांकन पनि गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार ११:४७

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सञ्चालन गर्दै सिदिङबा गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम तीन दिने सिदिङ्वा धाम