पुसे मेलालाई सुरक्षित बनाउन दोभान बजारमा सिसि क्यामेरा जडान



रेडियो काबेली

ताप्लेजुङ । विगत ५० वर्ष देखि लाग्दै आएको पुसे मेला आउन लाग्दा सुरक्षा संवेदनशीलतालाई लिएर ताप्लेजुङको दोभान बजारमा सिसि क्यामेरा जडान गरिएको छ । बजार क्षेत्र सहित आसपासको निगारानी हुनेगरी सिसि क्यामेरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाका अनुसार तत्काल ६ वटा कलरभिजन र नाईटभिजनवाला क्यामेरा फाईवरमार्फत जडान भएको र केहि क्षेत्रहरुमा अझै बिस्तारको क्रम चलिरहेको छ । मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभान क्षेत्रमा आउँदो पुस १ गते देखि ५ गते सम्म पुसे मेलाको आयोजना हुँदैछ ।

पुसे मेलामा यसबर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लव स्तरीय भलिबल प्रतियोगिता हुने छ । त्यस्तै स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई अन्तराष्ट्रिय बजार सम्म बिस्तार गर्न औद्योगिक तथा कृषि मेला प्रर्दशनी,स्थानीय क्षेत्रमा रहेका फुङफुङगे झरना,गुराँसे पोखरी,तोक्पेगोला,लोदेन क्षेत्र सहितका पर्यटकिय स्थलहरुको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, तमोर नदीमा ¥याफ्टिङ र ब्याड मिन्टन प्रतियोगिता समेत हुँदैछन् ।

धाननाच,पालम र हाक्पारे सहितका मौलिक महत्वका बोकेका साँस्कृतिक सम्पदा प्रवद्र्धन समेत गर्ने उद्देश्यले यी प्रतियोगिता सहित राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा बृहत्त साँस्कृतिक कार्यक्रम समेत हुने पुसे मेला आयोजक कमिटीका अध्यक्ष हेम चोङ्वाङले बताए ।

प्रकाशित मिति : 1:12 pm

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क