पुसे मेलालाई सुरक्षित बनाउन दोभान बजारमा सिसि क्यामेरा जडान



रेडियो काबेली

ताप्लेजुङ । विगत ५० वर्ष देखि लाग्दै आएको पुसे मेला आउन लाग्दा सुरक्षा संवेदनशीलतालाई लिएर ताप्लेजुङको दोभान बजारमा सिसि क्यामेरा जडान गरिएको छ । बजार क्षेत्र सहित आसपासको निगारानी हुनेगरी सिसि क्यामेरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाका अनुसार तत्काल ६ वटा कलरभिजन र नाईटभिजनवाला क्यामेरा फाईवरमार्फत जडान भएको र केहि क्षेत्रहरुमा अझै बिस्तारको क्रम चलिरहेको छ । मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभान क्षेत्रमा आउँदो पुस १ गते देखि ५ गते सम्म पुसे मेलाको आयोजना हुँदैछ ।

पुसे मेलामा यसबर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लव स्तरीय भलिबल प्रतियोगिता हुने छ । त्यस्तै स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई अन्तराष्ट्रिय बजार सम्म बिस्तार गर्न औद्योगिक तथा कृषि मेला प्रर्दशनी,स्थानीय क्षेत्रमा रहेका फुङफुङगे झरना,गुराँसे पोखरी,तोक्पेगोला,लोदेन क्षेत्र सहितका पर्यटकिय स्थलहरुको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, तमोर नदीमा ¥याफ्टिङ र ब्याड मिन्टन प्रतियोगिता समेत हुँदैछन् ।

धाननाच,पालम र हाक्पारे सहितका मौलिक महत्वका बोकेका साँस्कृतिक सम्पदा प्रवद्र्धन समेत गर्ने उद्देश्यले यी प्रतियोगिता सहित राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा बृहत्त साँस्कृतिक कार्यक्रम समेत हुने पुसे मेला आयोजक कमिटीका अध्यक्ष हेम चोङ्वाङले बताए ।

प्रकाशित मिति : 1:12 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ