ताप्लेजुङको फुङलिङमा एक घर जलेर नष्ट




ताप्लेजुङ । ताप्लेजुङमा एक घजर जलेर नष्ट भएको छ । शनिबार बिहान फुङलिङ नगरपालिका ६ उकालीपानीका स्थानीय लाल बहादुर गुरुङको घर पुर्णरुपमा जलेर नष्ट भएको संचारकर्मी देवराज गुरुङले जानकारी दिए । उनका अनुसार गुरुङको ढुङगा माटोले बनेको जस्ताको पाताले छाएको २ तले घर जलेर नष्ट भएको हो ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, भाडाकुँडा, खाद्यन्न लगायतका सामाग्रीहरु जलेर नष्ट भएका छन् । आगलागी दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय लगायतको उपस्थितिमा नियन्त्रणमा लिइएको छ ।

आगलागीको कारण र क्षतिको बिबरण भने आउन बाँकी रहेको छ । आगलागी पुर्णरुपमा नियन्त्रण भए पश्चात थप अनुसन्धानबाट मात्र यकिन बिबरण प्राप्त हुने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

हरेक बर्ष हिउँदयामसँगै सुरु हुने सुख्खायामको समयमा ताप्लेजुङ आगलागीको जाखिममा पर्ने गरेको छ । यसअघि ताप्लेजुङको बिरेन्द्रचौक, तोक्मे, शेर्पा टोल, माथिल्लो ट्याक्सी लाईन, दोभान लगयातको क्षेत्रमा आगलागी हुँदा अरबौँ मुल्य बराबरको क्षति भएको छ । आगलागी नियन्त्रणका लागि जिल्लामा हाल एउटा मात्र दमकल सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : 3:45 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा