ताप्लेजुङको फुङलिङमा एक घर जलेर नष्ट




ताप्लेजुङ । ताप्लेजुङमा एक घजर जलेर नष्ट भएको छ । शनिबार बिहान फुङलिङ नगरपालिका ६ उकालीपानीका स्थानीय लाल बहादुर गुरुङको घर पुर्णरुपमा जलेर नष्ट भएको संचारकर्मी देवराज गुरुङले जानकारी दिए । उनका अनुसार गुरुङको ढुङगा माटोले बनेको जस्ताको पाताले छाएको २ तले घर जलेर नष्ट भएको हो ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, भाडाकुँडा, खाद्यन्न लगायतका सामाग्रीहरु जलेर नष्ट भएका छन् । आगलागी दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय लगायतको उपस्थितिमा नियन्त्रणमा लिइएको छ ।

आगलागीको कारण र क्षतिको बिबरण भने आउन बाँकी रहेको छ । आगलागी पुर्णरुपमा नियन्त्रण भए पश्चात थप अनुसन्धानबाट मात्र यकिन बिबरण प्राप्त हुने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

हरेक बर्ष हिउँदयामसँगै सुरु हुने सुख्खायामको समयमा ताप्लेजुङ आगलागीको जाखिममा पर्ने गरेको छ । यसअघि ताप्लेजुङको बिरेन्द्रचौक, तोक्मे, शेर्पा टोल, माथिल्लो ट्याक्सी लाईन, दोभान लगयातको क्षेत्रमा आगलागी हुँदा अरबौँ मुल्य बराबरको क्षति भएको छ । आगलागी नियन्त्रणका लागि जिल्लामा हाल एउटा मात्र दमकल सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : 3:45 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा