प्रथम किराँत गोल्डकप : डाँगीहाट फाइनलमा



पाँचथर। जारी प्रथम किराँत गोल्डकपमा आयोजक पाँचथर फुटबल क्लब पाँचथरलाई पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । बुधबार फिदिम माबिको खेलमैदानमा भएको खेलमा टाइब्रेकरमा आयोजक टिमलाई पछि पर्दै डाँगीहाट फाइनलमा पुगेको हो । 

निर्धारित ८० मिनेटको  सेमिफाइनल खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकमा पाँचथर फुटबल क्लब लाई ४-१ गोल अन्तरले हराउँदै डाँगीहाट फाइनल प्रवेश गरेको छ । 

टाइब्रेकरमा डागीहाटका उमेश कार्कि, उमेश राई, सञ्जय धिमाल र अभिषेक लिम्बुले गोल गर्न सके भने पाँचथर तर्फबाट असिम राईले मात्र गोल गर्न सके । पाँचथरका रोशन आङदेम्बेको प्रहार आकासिँदा प्रकाश धमलाको प्रहार मोरङका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । खेलको म्यान अफ दि म्याच डाँगीहाटका गोल रक्षक प्रमिजय गच्छेदार घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेका छन् । 

फाइनल प्रवेश गरेको मोरङले शनिबार कर्ण सिं सोनाम स्मृति क्लब र बिर्तामोड युनाइटेड बिचको विजेता सँग उपाधिको लागी प्रतिस्पर्धा गर्ने छ । 

प्रकाशित मिति : 12:52 pm

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण