प्रथम किराँत गोल्डकप : डाँगीहाट फाइनलमा



पाँचथर। जारी प्रथम किराँत गोल्डकपमा आयोजक पाँचथर फुटबल क्लब पाँचथरलाई पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । बुधबार फिदिम माबिको खेलमैदानमा भएको खेलमा टाइब्रेकरमा आयोजक टिमलाई पछि पर्दै डाँगीहाट फाइनलमा पुगेको हो । 

निर्धारित ८० मिनेटको  सेमिफाइनल खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकमा पाँचथर फुटबल क्लब लाई ४-१ गोल अन्तरले हराउँदै डाँगीहाट फाइनल प्रवेश गरेको छ । 

टाइब्रेकरमा डागीहाटका उमेश कार्कि, उमेश राई, सञ्जय धिमाल र अभिषेक लिम्बुले गोल गर्न सके भने पाँचथर तर्फबाट असिम राईले मात्र गोल गर्न सके । पाँचथरका रोशन आङदेम्बेको प्रहार आकासिँदा प्रकाश धमलाको प्रहार मोरङका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । खेलको म्यान अफ दि म्याच डाँगीहाटका गोल रक्षक प्रमिजय गच्छेदार घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेका छन् । 

फाइनल प्रवेश गरेको मोरङले शनिबार कर्ण सिं सोनाम स्मृति क्लब र बिर्तामोड युनाइटेड बिचको विजेता सँग उपाधिको लागी प्रतिस्पर्धा गर्ने छ । 

प्रकाशित मिति : 12:52 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा