युडब्लुएस नेपालले गर्‍यो स्थानीय तहसँग समीक्षात्मक कार्यक्रम 



ताप्लेजुङ । युनाइटेड वल्र्ड एजुकेसन (युडब्लुएस) नेपालले ताप्लेजुङको स्थानीय तहसँग समीक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । पिछडिएका तथा सीमान्तकृत समुदायका बालबालिकाहरूलाई शैक्षिक अवसर र पहुँच प्रदान गर्ने उद्देश्यका साथ स्थापित यस संस्थाले आज ताप्लेजुङमा समीक्षात्मक कार्यक्रम सम्पन्न गरेको हो । 

ताप्लेजुङका स्थानीय तहका प्रमुख तथा उपप्रमुख साथै यस अघि पनि शिक्षा क्षेत्रमा काम गर्दै आएका रिड नेपाल र एचपिएफ सँग गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धनका लागि समीक्षात्मक कार्यक्रम गरिएको युडब्लुएसका अध्यक्ष खेमराज खड्काले जानकारी दिनुभएको छ । उहाँका अनुसार छिमेकी जिल्ला सङ्खुवासभा जिल्ला प्रशासन कार्यलयमा दर्ता भई स्थापना भएको युडब्लुएस नेपालले ताप्लेजुङमा समेत आफ्नो कार्यक्षेत्र बढाउने भएको छ ।

यसअघि ताप्लेजुङमा ५ ओटा सहित संखुवासभामा ५३ र गुल्मीमा १८ ओटा विद्यालय निर्माण सम्पन्न भएको पनि उहाँले जानकारी दिनु भएको छ । युडब्लुएस नेपालले ताप्लेजुङमा हालसम्म फुङलिङ नगरपालिकाको दिपज्योति आधारभुत विद्यालय, सिम्ले आधारभुत विद्यालय, मेरिङदेन गाउँपालिकाको सिद्वकाली आधारभुत विद्यालय थिङलाबु, पाथीभरा याङवरक गाउँपालिकाको जनता आधारभुत विद्यालय थुम्बेदिन र मैवाखोला गाउँपालिकाको सरस्वती आधारभुत विद्यालय तुम्बेको भवन निर्माण गरेको छ । 

ताप्लेजुङको अन्य क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र बिस्तार गर्न आज जिल्लाका स्थानीय तहका प्रमुखहरूसँग छलफलको आयोजना गरिएको अध्यक्ष खड्काको बताउँनुभयो । युडब्लुएस नेपालले युके एड, स्थानीय तह र समुदायसँगको साझेदारीमा काम गर्दै आइरहेको छ । 

हालसम्ममा ७६ ओटा विद्यालयमा करिब १४ हजार विद्यार्थी लाभान्वित भएको युडब्लुएस नेपालको भनाई छ । 

प्रकाशित मिति : 12:54 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी