पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो (यस्तो छ मूल्यसूचि)



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ।

आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको हो। एलपी ग्यासको मूल्य भने बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपालय डिपो आसपासका लागि १७० रुपैयाँ पर्ने छ।

डिजेल र मट्टितेल भने १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार ०१:०९

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन