ताप्लेजुङमा उत्पादन भएको किवी जिल्लाबाहिर निर्यात



ताप्लेजुङ । ताप्लेजुङमा उत्पादन भएको किवी फल जिल्लाबाहिर निर्यात हुँदा किसान खुसी भएका छन्। जिल्लाबाहिर झापा, काठमाडौँ लगायतका ठाउँमा किवी निर्यात हुन थालेपछि बजारको अभाव खेप्दै आएका किसान खुसी भएका हुन्।

पाथिभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका स्थानीय सागर इजम लिम्बूका अनुसार यो वर्ष यहाँ उत्पादन भएको किवी झापाको दमक र काठमाडौँ बजारमा निर्यात भएको छ। यो तिरिङ्गे गाउँमा उत्पादन भएको एक हजार पाँच सय किलोग्राम अर्थात् १५ क्विन्टल बढी किवी बाहिर निर्यात भएको लिम्बूले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष करिब २५ क्विन्टल किवी जिल्ला बाहिर निर्यात भएको थियो।

यसवर्ष असिनाले क्षति गरेका कारण किवी उत्पादनमा असर पुगेको र उत्पादित किवी का लागि बजार अभाव नभएको उहाँले बताउनुभयो। उहाँकाअनुसार खरिदकर्ताले बोटमै प्रतिकिलोग्राम एक सय रुपियाँसम्म मूल्य लगाएर किवी खरिद गरेका छन्। हाल खरिदकर्ताको मागअनुसार किवी दिन नसकेको पनि स्थानीय किसानले बताएका छन्। किसानका अनुसार यसपालि बर्खा मौसममा परेको असिनाले क्षति नगरको भए पाँचदेखि सात हजार किलोग्रामसम्म किवी उत्पादन हुने थियो।

यता तिरिङ्गे गाउँ किवी राम्रो उत्पादन हुने क्षेत्रको रूपमा लिइने गरिएको छ। किवी फल राम्रो उत्पादन हुने क्षेत्र भएकाले गाउँपालिकाको सहकार्यमा किवी पकेट क्षेत्र घोषणा गरी स्थानीय किसानले खेती लगाउँदै आएका छन्। किवी खेतीका लागि पकेट क्षेत्र घोषणा गरिएपछि खेतीमा सङ्लन्न किसानलाई गाउँपालिकाले अनुदान सहयोगसमेत दिँदै आएको बताइएको छ।

यस्तै कृषि ज्ञान केन्द्र ताप्लेजुङमार्फत प्रदेश सरकारको सहयोगमा विभिन्न पाँच वटा किवी खेतीको निजी कृषि फर्म सञ्चालित रहेको पनि सागर इजम लिम्बूले जानकारी दिनुभयो। उहाँका अनुसार गतवर्ष कृषि ज्ञान केन्द्रमार्फत प्रदेश सरकारले प्रत्येक कृषि फर्मलाई पाँच लाख रुपियाँका दरले अनुदान दिएको थियो। त्यस्तै गाउँपालिकाले पनि किवी खेती व्यवस्थापन तथा बिरुवा उत्पादन र खरिदका लागि निरन्तर अनुदान सहयोग गर्दै आएको स्थानीय किसानको भनाइ छ।

यहाँको तिरिङ्गेसहित जिल्लाका अधिकांश क्षेत्रमा किसानले किवी खेती गर्दै आएका छन्। सुरु सुरुमा किवीको बजार नहुँदा खेतीमा संलग्न किसान निराश बन्दै आएका थिए। पछिल्लो समय भने उत्पादित किवी जिल्ला बाहिरबाट माग हुन थालेपछि बजारको अभाव नभएको र किवी खेतीबाट राम्रै आम्दानी गर्न थालेको किसानहरू बताउँछन्।

स्थानीय बजारमा पनि किवी राम्रै बिक्री भइरहेको र जिल्लामा खपत नहुने किवी जिल्ला बाहिरका व्यापारीसँग सम्पर्क गरेर नियमित निर्यात हुँदै आएको फुङ्लिङ नगरपालिका–७ का स्थानीय राजकुमार गुरुङले बताउनुभयो। उहाँले किवीको स्तरअनुसार प्रतिकिलोग्राम एक सयदेखि दुईसय रुपियाँ सम्ममा बिक्री गरेको बताउनुभयो। यहाँ उत्पादन हुने किवी स्वादिलो हुनेभन्दै जिल्ला बाहिरका व्यापारीबाट माग बढ्दै गएको पनि उहाँले जानकारी दिनुभयो। Gorkhapatraonline

प्रकाशित मिति : 10:46 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन