कञ्चनजंघा सेसेलुङ गोल्ड कप : उपाधिका लागि आज सुनसरी र मोरङ भिड्दै



ताप्लेजुङ । कञ्चनजंघा सेसेलुङ  गोल्ड कपको पहिलो संस्करणको उपाधिका लागि आज सुनसरीको चक्रघट्टी फुटबल क्लब र मोरङको सगरमाथा युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । चासोक तङनामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, चासोक तङनाम सञ्चालक समिति र ङा वोरक सङजुम्भोद्वारा आयोजित प्रतियोगिताको उपाधि रक्षाका लागि आज सुनसरी र मोरङबीच भिडन्त हुन लागेको हो । 

फाइनल प्रवेश गरेका सुनसरीले पहिलो खेलमा आयोजकलाई २–१ र सेमिफाइनलमा रारा फुटबल क्लब धनकुटालाई १–० को अन्तरले हराएको थियो । उता अर्को समुहबाट फाइनलमा पुगेका मोरङले पहिलो खेलमा बी टी फुटबल क्लब तेह्रथुमलाई ४–० को फराकिलो गोलअन्तरले र पाँचथर फुटबल क्लबलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधिका दाबेदार बनेका हुन् । गोल्डकपको विजेताले ३ लाख २ हजार ८० तथा उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

आयोजक सहित जिल्ला बाहिरका तेह्रथुम, धनकुटा र झापाका टीम पहिलो खेलमै पराजित हुन पुगे । त्यस्तै सेमिफाइनल सम्म पुगेका पाँचथर र आठराई तेह्रथुम पनि फाइनल नपुग्दै बाहिरिन प¥यो । खेल गत पुष ४ गतेदेखि भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा जारी रहेको छ ।

प्रकाशित मिति : 5:38 am

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण