नेपाल नेत्रज्योति संघ कोशी प्रदेश समितिमा उदासलाई दोस्रो कार्यकालका लागि नेतृत्व सुम्पियो



ताप्लेजुङ । नेपाल नेत्रज्योति संघ कोशी प्रदेश समितिको दोस्रो अधिबेशनले श्यामसुन्दर उदास अध्यक्ष रहेको ८ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । मंगलवार ताप्लेजुङको फुङलिङमा सम्पन्न अधिबेशनले उदासलाई दोस्रो कार्यकालका लागि नेतृत्व सुम्पिएको हो ।

समितिका सदस्यहरुमा ज्ञानबहादुर बस्नेत (उदयपुर),जय निरौला (सुनसरी),अस्मिका राई (धनकुटा), रोशेष श्रेष्ठ (धनकुटा), तेजबहादुर मोक्तान (भोजपुर), पुष्पा रिजाल खनाल (इलाम) र सुरेश सिघंक (ताप्लेजुङ) चयन हुनुभएको निर्वाचन अधिकृत तथा नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य भागवत राउतले जानकारी दिनुभयो ।

प्रदेश समितिको सदस्यका लागि निर्वाचन प्रकृयामा भाग लिनु भएका ताप्लेजुङका मनमणि काफ्ले तथा संखुवासभाका कृष्णबहादुर अधिकारीले सहमतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएपछि सहमति बनेको नवनिर्वाचित प्रदेश अध्यक्ष उदासले बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघको बिधान अनुसार प्रदेश अध्यक्ष केन्द्रीय समितिको पदेन उपाध्यक्ष हुने व्यवस्था रहेको छ । निर्वाचित सदस्यमध्येबाट कार्य समितिले उपाध्यक्ष,सचिव र कोषाध्यक्ष चयन गर्ने नेत्र ज्योति संघको बिधान रहेको छ । यसअघि नेत्र ज्योति संघको प्रदेश अधिबेशनलाई सम्बोधन गर्दै कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवारले आँखा स्वास्थ्य सेवाको प्रवद्र्धनका लागि प्रदेशसभाबाटै ऐन नै पारित गरी बैधानिक प्रकृयामा लैजान पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले आँखा स्वास्थ्य क्षेत्रमा नेत्रज्योति संघले गर्दै आएको स्वयंसेवी भूमिकाको सह्राना समेत गर्नु भएको थियो । कोशी प्रदेशसभा सदस्य तथा पूर्व प्रदेशमन्त्री निर्मला तावाले आँखा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन आफ्नोतर्फबाट उच्च पहलकदमी गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

प्रदेश अधिबेशनको उद्घाटन सत्रमा नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष डाक्टर चेतराज पन्त,पूर्व सांसद तथा नेत्रज्योति संघका केन्द्रीय सदस्य पद्मनारायण चौधरी,संखुवासभा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य,खोटाङ जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई,संखुवासभाको खाँदवारी नगरप्रमुख महेश थपलिया,नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष द्रोण गुरागाँई सहितले सम्बोधन गर्नु भएको थियो ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखा तथा सो शाखाद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको रजत महोत्सवको अवसर पारेर नेत्रज्योति संघको प्रदेश अधिबेशन फुङलिङमा भएको हो । रजत महोत्सवको अवसरमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले पुस ८ र ९ गते बिबिध कार्यक्रम सम्पन्न गरेको गरेको छ भने मंगलवार प्रदेश अधिबेशन संगै रजत महोत्सवको कार्यक्रम सकिएको नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ ।

नेत्रज्योति संघको प्रदेश समितिले प्रदेशसभाका उपसभामुख दनुवार,प्रदेशसभा सदस्य तावा सहितका व्यत्तित्वहरुलाई सम्मान पनि गरेको थियो ।

प्रकाशित मिति : 1:38 pm

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार