प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप : सगरमाथा युथ क्लब मोरङ फाइनलमा प्रवेश



ताप्लेजुङ । ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपको फाइनलमा सगरमाथा युथ क्लब मोरङ प्रवेश गरेको छ । भानु जन माविको खेल मैदानमा आज दोश्रो सेमिफाइनल खेलमा पाँचथर फुटबल क्लब पाँचथरलाई ट्राइबेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै सगरमाथा फाइनलमा प्रबेश गरेको हो ।

निर्धारीतसमय अवधिमा दुवै तर्फ एक एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलीएको थियो । यो सँगै सगरमाथालले फाइनलका लागि चक्रघट्टी फुटबल क्लब सुनसरीसँग भेट पक्का गरेको छ ।

हिजो भएको सेमिफाइनलको पहिलो खेलमा सुनसरीले आठराई गाउँपालिका तेह्रथुमलाई १–० गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल पुष ११ गते बुधबार हुँदै छ । चासोक तङनामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुम्भो र चासोक तङनाम सञ्चालक समितिको संयुक्त पहलमा प्रतियोगिता आयोजना गरिएको हो ।

गत पुष ४ गतेदेखि सुरु भएको खेलको फाइनल खेल पुष ११ गते हुँदैछ । खेलको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार पर्वको मुख्य दिन भोलि सांस्कृतिक तथा साँगीतिक कार्यक्रम हुँदैछ । राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा साँगीतिक कार्यक्रम राखिएको छ । यस्तै मौलिक कार्यक्रम अन्तर्गत धान नाच, च्याब्रुङ, पालाम, ख्याली, हाक्पारे साथै बिभिन्न जातीको मौलिक नृत्य समेत हुने आयोजकको भनाई छ ।

पर्वको अवसरमा पुष ११ गते फुङलिङ नगरपालिकाले स्थानीय बिदा पनि दिएको छ ।

प्रकाशित मिति : 12:43 pm

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण