प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप : सगरमाथा युथ क्लब मोरङ फाइनलमा प्रवेश



ताप्लेजुङ । ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपको फाइनलमा सगरमाथा युथ क्लब मोरङ प्रवेश गरेको छ । भानु जन माविको खेल मैदानमा आज दोश्रो सेमिफाइनल खेलमा पाँचथर फुटबल क्लब पाँचथरलाई ट्राइबेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै सगरमाथा फाइनलमा प्रबेश गरेको हो ।

निर्धारीतसमय अवधिमा दुवै तर्फ एक एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलीएको थियो । यो सँगै सगरमाथालले फाइनलका लागि चक्रघट्टी फुटबल क्लब सुनसरीसँग भेट पक्का गरेको छ ।

हिजो भएको सेमिफाइनलको पहिलो खेलमा सुनसरीले आठराई गाउँपालिका तेह्रथुमलाई १–० गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल पुष ११ गते बुधबार हुँदै छ । चासोक तङनामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुम्भो र चासोक तङनाम सञ्चालक समितिको संयुक्त पहलमा प्रतियोगिता आयोजना गरिएको हो ।

गत पुष ४ गतेदेखि सुरु भएको खेलको फाइनल खेल पुष ११ गते हुँदैछ । खेलको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार पर्वको मुख्य दिन भोलि सांस्कृतिक तथा साँगीतिक कार्यक्रम हुँदैछ । राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा साँगीतिक कार्यक्रम राखिएको छ । यस्तै मौलिक कार्यक्रम अन्तर्गत धान नाच, च्याब्रुङ, पालाम, ख्याली, हाक्पारे साथै बिभिन्न जातीको मौलिक नृत्य समेत हुने आयोजकको भनाई छ ।

पर्वको अवसरमा पुष ११ गते फुङलिङ नगरपालिकाले स्थानीय बिदा पनि दिएको छ ।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार १२:४३

साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान

मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो

ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द

आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको

प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 

ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ