फुङ्लिङ नगरपालिकाले दियो चासोक तङ्नाम बिदा



ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वागी पर्व) को बिदा दिएको छ । लिम्बू समुदायको सांस्कृतिक चाड चासोक तङ्नाम मनाउन फुङ्लिङ नगरपालिकाले बुधबार एक दिन स्थानीय बिदा दिएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलद्वारा आइतबार प्रकाशित सूचनाअनुसार चासोक तङ्नामको अवसरमा फुङ्लिङमा प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएकाले स्थानीय बिदा दिएको उल्लेख गरिएको छ । स्थानीय सार्वजनिक बिदाका दिन फुङ्लिङ नगरपालिका, वडा कार्यालयहरुसहित नगरभित्रका स्वास्थ्य संस्था, विद्यालय र अन्य सङ्घरसंस्था बन्द हुनेछन् ।

बुधबार नगरपालिकाले स्थानीय बिदा दिएसँगै अब फुङ्लिङ नगरपालिकामा तीन दिन लगातार सार्वजनिक बिदा हुने भएको छ । सोमबार क्रिसमस डे र मङ्गलबार उँधौली पर्व (चासोक तङ्नाम) को राष्ट्रिय अर्थात् सार्वजनिक बिदा हो ।

प्रकाशित मिति : 12:34 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन