फुङ्लिङ नगरपालिकाले दियो चासोक तङ्नाम बिदा



ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वागी पर्व) को बिदा दिएको छ । लिम्बू समुदायको सांस्कृतिक चाड चासोक तङ्नाम मनाउन फुङ्लिङ नगरपालिकाले बुधबार एक दिन स्थानीय बिदा दिएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलद्वारा आइतबार प्रकाशित सूचनाअनुसार चासोक तङ्नामको अवसरमा फुङ्लिङमा प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएकाले स्थानीय बिदा दिएको उल्लेख गरिएको छ । स्थानीय सार्वजनिक बिदाका दिन फुङ्लिङ नगरपालिका, वडा कार्यालयहरुसहित नगरभित्रका स्वास्थ्य संस्था, विद्यालय र अन्य सङ्घरसंस्था बन्द हुनेछन् ।

बुधबार नगरपालिकाले स्थानीय बिदा दिएसँगै अब फुङ्लिङ नगरपालिकामा तीन दिन लगातार सार्वजनिक बिदा हुने भएको छ । सोमबार क्रिसमस डे र मङ्गलबार उँधौली पर्व (चासोक तङ्नाम) को राष्ट्रिय अर्थात् सार्वजनिक बिदा हो ।

प्रकाशित मिति : 12:34 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा