प्रथम कञ्चनजंघा सेसेलुङलु गोल्ड कप : चक्रघट्टी फुटबल क्लब फाइनलमा प्रवेश



ताप्लेजुङ । प्रथम कञ्चनजंघा सेसेलुङलु गोल्ड कपमा चक्रघट्टी फुटबल क्लब सुनसरी फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलामा आठराई गाउँपालिका तेह्रथुमलाई १-० गोल अन्तरले पछि पार्दै सुनसरी फाइनलमा प्रवेश गरेको हो । 

सुनसरीले ताप्लेजुङलाई र तेह्रथुमले धनकुटालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए  । भोलि हुने सेमिफाइनलको दोश्रो खेलमा पाँचथर फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङ बीच प्रतिष्पर्धा हुँदैछ । 

पाँचथरले जल थल फुटबल क्लब झापालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने, सगरमाथाले बी. टी. फुटबल क्लब तेह्रथुमलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

भोलिको खेलमा जित हासिल गर्ने टिमले फाइनलमा सुनसरी सँगको भेट पक्का गर्ने छ । चासोक तङ्नामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुम्जुभो फुङलेङ र चासोक तङ्नाम सञ्चालन समितिको संयुक्त पहलमा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ११ गते हुँदैछ । 

खेलको विजेता र उपविजेतालाई क्रमश नगद ३ लाख २ हजार ८० र १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार ११:३७

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

ताप्लेजुङ, भदौ २० गते । रकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक

सरकारसँग सम्पर्कमा आयो फेसबुक : दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

ताप्लेजुङ, भदौ १९ गते । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

ताप्लेजुङ, भदौ १९ गते । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना