प्रथम कञ्चनजंघा सेसेलुङलु गोल्ड कप : चक्रघट्टी फुटबल क्लब फाइनलमा प्रवेश



ताप्लेजुङ । प्रथम कञ्चनजंघा सेसेलुङलु गोल्ड कपमा चक्रघट्टी फुटबल क्लब सुनसरी फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलामा आठराई गाउँपालिका तेह्रथुमलाई १-० गोल अन्तरले पछि पार्दै सुनसरी फाइनलमा प्रवेश गरेको हो । 

सुनसरीले ताप्लेजुङलाई र तेह्रथुमले धनकुटालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए  । भोलि हुने सेमिफाइनलको दोश्रो खेलमा पाँचथर फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङ बीच प्रतिष्पर्धा हुँदैछ । 

पाँचथरले जल थल फुटबल क्लब झापालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने, सगरमाथाले बी. टी. फुटबल क्लब तेह्रथुमलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

भोलिको खेलमा जित हासिल गर्ने टिमले फाइनलमा सुनसरी सँगको भेट पक्का गर्ने छ । चासोक तङ्नामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुम्जुभो फुङलेङ र चासोक तङ्नाम सञ्चालन समितिको संयुक्त पहलमा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ११ गते हुँदैछ । 

खेलको विजेता र उपविजेतालाई क्रमश नगद ३ लाख २ हजार ८० र १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 11:37 am

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान