भोलि फुङलिङ बजार र सबै किसिमका सवारी साधन पूर्ण रुपमा बन्द हुने 



ताप्लेजुङ । प्रदेश नं. १ पुन नामांकन संयुक्त संघर्ष समितिले भोलि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र सबै किसिमका सवारी साधन पूर्ण रुपमा बन्दको आह्वान गरेको छ । मंगलबार आज प्रेस विज्ञप्‍ति जारी गर्दै भोलि फुङलिङमा सञ्चालित बजार पसल र सबै किसिमका सवारी साधन पूर्ण रुपमा बन्द गर्ने जनाएको छ । 

आन्दोलनरत पक्षका केही युवाहरू प्रहरी नियन्त्रणमा रहेकाले बिना सर्त रिहाईको माग गर्दै संघर्ष समितिले थप आन्दोलनको घोषणा गरेका हुन् । यस्तै आफ्ना आन्दोलनलाई बेवास्ता गर्दै आफ्ना युवाहरू तत्काल रिहाई नभए अझ शसक्त आन्दोलनको चरणबद्ध रुपमा घोषणा गर्दै जाने समेत समितिका संयोजक डम्बर बहादुर पालुङवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । 

केही दिन अगाडि ताप्लेजुङबाट निर्वाचित एमाले सांसदद्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदानको क्रममा गृह जिल्ला आइपुग्नु भएका सांसद माथि आक्रमणको प्रयास गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रण लिएको हो । प्रतिनिधिसभाका सांसद योगेश भट्टराई र तिलकुमार मेन्याङबो माथि कालो झण्डा सहित विरोध प्रदर्शन  गरेका थिए । संघर्ष समितिले सांसद सवार गाडीमा तोडफोड समेत गरेका थिए । 

यता आफ्ना नेतामा थिका आक्रमणका प्रयासलाई घोर निन्दा गर्दै एमाले ताप्लेजुङले आक्रमणमा संलग्न युवालाई कारबाहीको माग गर्दै विज्ञप्‍ति जारी गरेका थिए ।  

प्रकाशित मिति : 1:20 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी