ताप्लेजुङको  मेरिङदेनका एक युवकको करेन्ट लागेर मृत्यु 



ताप्लेजुङ।  ताप्लेजुङमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङतेपका १९ वर्षीय मिलन नाल्बो लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो । 

बाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका लिम्बुलाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलिले बताउनुभयो । 

मृतक लिम्बू युनाइटेड मेवाखोला हाईड्रोको साउथ एसियन कन्ट्रक्सनको क्रसर प्लान्टमा कार्यरत थिए । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । शवको पोस्टमार्टम गरि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान जारी रहेको छ ।

प्रकाशित मिति : 12:17 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा