ताप्लेजुङको  मेरिङदेनका एक युवकको करेन्ट लागेर मृत्यु 



ताप्लेजुङ।  ताप्लेजुङमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङतेपका १९ वर्षीय मिलन नाल्बो लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो । 

बाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका लिम्बुलाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलिले बताउनुभयो । 

मृतक लिम्बू युनाइटेड मेवाखोला हाईड्रोको साउथ एसियन कन्ट्रक्सनको क्रसर प्लान्टमा कार्यरत थिए । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । शवको पोस्टमार्टम गरि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान जारी रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १२:१७

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट