सान्थाक्राका अग्नि पीडितलाई मेरिङदेन गाउँपालिकाले राहत सामाग्री



ताप्लेजुङ – ताप्लेजुङको सान्थाक्राका अग्नि पीडितलाई मेरिङदेन गाउँपालिकाले राहत सामाग्री प्रदान गरेको छ ।

मेरिङदेन गाउँपालिका २ सान्थाक्रास्थित बेलबुङचोक नजिकका स्थानीय फुर्तेम्बा माईला उर्फ स्याउरे शेर्पालाई राहत सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । मेरिङदेन गाउँपालिका बिपद व्यवस्थापन समितिका अध्यक्ष तथा पालिका अध्यक्ष युकहाङबिर हाङगाम (डम्बर), पालिका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङचोङबाङ लगायतको उपस्थितिमा राहत सामाग्री प्रदान गरिएको हो । पीडितलाई नगद, न्यानो कपडा, त्रिपाल, खाद्यन्न लगायतको सामाग्री उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।

शेर्पाको घरमा गत मंसिर ४ गते सोमबार आगलागी भएको हो । आगलागीबाट शेर्पाको घरमा रहेको खाद्यन्न, लत्ताकपडा, नगद, किचनका सामाग्रीहरु जलेर नष्ट हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ । 

प्रकाशित मिति : 7:12 am

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर