ताप्लेजुङमा राति १० बजेसम्ममात्रै देउसी, भैलो खेल्न पाइने



ताप्लेजुङ । ताप्लेजुङमा राति १० बजेसम्म मात्रै देउसी, भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वमा खुसियाली मनाउँदा टोल, छिमेकी र समुदायलाई सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन सचेत गराउँदै बुधबार एक सूचना जारी गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी टंकप्रसाद भट्टराईद्वारा जारी सूचनामा शान्ति सुरक्षा कायम गर्दै संस्कृति जगेर्ना गर्न पनि अनुरोध गरिएको छ । पटका आतिसबाजीजस्ता विस्फोटक तथा अति प्रज्वलनशील पदार्थको आयात, बिक्री वितरण, ओसारपसार गरे कडा कारबाही गरिने सूचनामा उल्लेख छ ।

जुवा(तासजस्ता कानुनद्वारा निषेधित कार्य नगर्नरनगराउन अपिल गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडाइ पारेको पनि जनाइएको छ । प्रहरी नायव उपरीक्षक राजन लिम्बुले विशेष सुरक्षा योजना लागू गरिएको बताउनु भएको छ ।

प्रकाशित मिति : 12:54 am

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान