जिसस पाँचथरका प्रमुख र उपप्रमुखका गाडी जुधे



ताप्लेजुङ — जिल्ला समन्वय समिति पाँचथरका प्रमुख र उपप्रमुख चढ्ने गाडी आपसमा जुधेका छन् । जिसस प्रमुखको गाडीमा पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद वसन्तकुमार नेम्वाङ सवार थिए भने अर्को गाडीमा उपप्रमुख यामकुमार आङ्बो थिए ।

जिससबाट फिदिम(११ स्थित फेवादिन घर जान निस्केका आङ्बो चढेको गाडीले भारपाबाट फिदिम बजार हुँदै सरगम होटलतर्फ अगाडि बढेको गाडीसँग बुधबार साँझ जिल्ला प्रहरी कार्यालयको मूलगेट अगाडि जुधेका हुन् । आपसमा जुध्दा प्रमुख चढ्ने गाडीको हेटलाइट फुट्नका साथै अग्रभागमा आंशिक क्षति पुगेको छ । यस्तै उपप्रमुख चढ्ने गाडीका ढोकामा क्षति पुगेको छ ।

जिसस तर्फबाट आइरहेको गाडीले भारपाबाट आएको अर्को गाडीलाई नदेख्दा ठोक्किन पुगेको उपप्रमुख आङ्बोको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले गाडी जुधेको पुष्टि गर्दै ठूलो क्षति नभएको बताए ।

कान्तिपुर

प्रकाशित मिति : 2:09 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा