जिसस पाँचथरका प्रमुख र उपप्रमुखका गाडी जुधे



ताप्लेजुङ — जिल्ला समन्वय समिति पाँचथरका प्रमुख र उपप्रमुख चढ्ने गाडी आपसमा जुधेका छन् । जिसस प्रमुखको गाडीमा पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद वसन्तकुमार नेम्वाङ सवार थिए भने अर्को गाडीमा उपप्रमुख यामकुमार आङ्बो थिए ।

जिससबाट फिदिम(११ स्थित फेवादिन घर जान निस्केका आङ्बो चढेको गाडीले भारपाबाट फिदिम बजार हुँदै सरगम होटलतर्फ अगाडि बढेको गाडीसँग बुधबार साँझ जिल्ला प्रहरी कार्यालयको मूलगेट अगाडि जुधेका हुन् । आपसमा जुध्दा प्रमुख चढ्ने गाडीको हेटलाइट फुट्नका साथै अग्रभागमा आंशिक क्षति पुगेको छ । यस्तै उपप्रमुख चढ्ने गाडीका ढोकामा क्षति पुगेको छ ।

जिसस तर्फबाट आइरहेको गाडीले भारपाबाट आएको अर्को गाडीलाई नदेख्दा ठोक्किन पुगेको उपप्रमुख आङ्बोको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले गाडी जुधेको पुष्टि गर्दै ठूलो क्षति नभएको बताए ।

कान्तिपुर

प्रकाशित मिति : 2:09 am

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क