नेपाली पब्जी टोली एसियाली खेलकुदको सेमिफाइनलमा



नेपाली पब्जी टोली १९ औँ एसियाली खेलकुदको सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा चलिरहेको प्रतियोगिताअन्तर्गत ई–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ ।

आज शुक्रवार भएको एलिमिनेसन राउन्डको समूह ’सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । यो समूहबाट हङकङ पनि सेमिफाइनलमा पुगेको छ । हङकङ शीर्ष स्थानमा रह्यो । समूह ’सी’ मा नेपाल, हङकङ, प्यालेस्टाइन र साउदी अरेबिया थिए ।

यस्तै समूह ’ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड, समूह ’बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ’डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनलमा चार समूहका शीर्ष दुई टोलीबीच दुई समूहमा प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलको दुवै समूहमा चार–चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । यीमध्ये समूहका दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पनि चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमध्ये शीर्ष तीनमा रहने टोलीको पदक पक्का हुनेछ ।

पब्जीमा नेपालको खेलाडीमा कप्तान सुबिन महर्जन, दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई छन् ।

प्रकाशित मिति : 11:03 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी