नेपाली पब्जी टोली एसियाली खेलकुदको सेमिफाइनलमा



नेपाली पब्जी टोली १९ औँ एसियाली खेलकुदको सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा चलिरहेको प्रतियोगिताअन्तर्गत ई–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ ।

आज शुक्रवार भएको एलिमिनेसन राउन्डको समूह ’सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । यो समूहबाट हङकङ पनि सेमिफाइनलमा पुगेको छ । हङकङ शीर्ष स्थानमा रह्यो । समूह ’सी’ मा नेपाल, हङकङ, प्यालेस्टाइन र साउदी अरेबिया थिए ।

यस्तै समूह ’ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड, समूह ’बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ’डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनलमा चार समूहका शीर्ष दुई टोलीबीच दुई समूहमा प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलको दुवै समूहमा चार–चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । यीमध्ये समूहका दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पनि चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमध्ये शीर्ष तीनमा रहने टोलीको पदक पक्का हुनेछ ।

पब्जीमा नेपालको खेलाडीमा कप्तान सुबिन महर्जन, दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई छन् ।

प्रकाशित मिति : 11:03 am

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क