स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानद्वारा युवाबर्ष माविका विद्यार्थीलाई १ लाख ७५ हजारको शैक्षिक सामग्री प्रदान



ताप्लेजुङ । भूपू बृटिश आर्मी स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले मंगलबार ताप्लेजुङको फुङलिङ–७ स्थित युवाबर्ष मावि कैंजलेका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । युवाबर्ष माविका २ सय ४० विद्यार्थीलाई जनही ७ सय रुपैयाँका दरले १ लाख ७५ हजार रुपैयाँ बराबरको कापी र डटपेन प्रदान गरिएको हो ।

प्रतिष्ठानका सदस्य तथा रेडियो काबेलीका स्टेसन म्यानेजर दिनेश लिङ्खिमका अनुसार फुङलिङ नगरपालिका वडा नं ७ का वडाध्यक्ष योगेन्द्र निरौलाको उपस्थितिमा प्रतिष्ठानले शैक्षिक सामग्री प्रदान गरेको छ । विद्यालयका निमित्त प्रधानाध्यापक सुरेश निरौलाले सामाजिक व्यक्तित्व स्वर्गीय रणबहादुर लिङ्खिमको स्मृतिमा स्थापित प्रतिष्ठानले शैक्षिक सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको छ । 

बिक्रम सम्वत् २००४ सालमा जन्मनु भएका रणबहादुर २०२५ सालमा गोर्खा सैनिकमा भर्ती हुनु भएको थियो । २०४० सालमा सेवा निवृत्त भएका उहाँको २०५२ साल असोज ९ गते बुधबार ४९ वर्षकै अल्पायुमै निधन भएको थियो । रणबहादुरको निधनपछि श्रीमती सञ्चरानी लिङखिम तथा छोरीहरू परी, सुनिता र हाङसमा लिङखिम तथा उहाँका परिवार र आफन्त मिलेर २०७७ सालमा स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठान स्थापना गरी हरेक वर्षको असोज ९ गते बिभिन्न सहयोग प्रदान गर्ने सहितका कार्य भइरहेको छ । 

प्रकाशित मिति : 1:13 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर