स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानद्वारा युवाबर्ष माविका विद्यार्थीलाई १ लाख ७५ हजारको शैक्षिक सामग्री प्रदान



ताप्लेजुङ । भूपू बृटिश आर्मी स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले मंगलबार ताप्लेजुङको फुङलिङ–७ स्थित युवाबर्ष मावि कैंजलेका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । युवाबर्ष माविका २ सय ४० विद्यार्थीलाई जनही ७ सय रुपैयाँका दरले १ लाख ७५ हजार रुपैयाँ बराबरको कापी र डटपेन प्रदान गरिएको हो ।

प्रतिष्ठानका सदस्य तथा रेडियो काबेलीका स्टेसन म्यानेजर दिनेश लिङ्खिमका अनुसार फुङलिङ नगरपालिका वडा नं ७ का वडाध्यक्ष योगेन्द्र निरौलाको उपस्थितिमा प्रतिष्ठानले शैक्षिक सामग्री प्रदान गरेको छ । विद्यालयका निमित्त प्रधानाध्यापक सुरेश निरौलाले सामाजिक व्यक्तित्व स्वर्गीय रणबहादुर लिङ्खिमको स्मृतिमा स्थापित प्रतिष्ठानले शैक्षिक सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको छ । 

बिक्रम सम्वत् २००४ सालमा जन्मनु भएका रणबहादुर २०२५ सालमा गोर्खा सैनिकमा भर्ती हुनु भएको थियो । २०४० सालमा सेवा निवृत्त भएका उहाँको २०५२ साल असोज ९ गते बुधबार ४९ वर्षकै अल्पायुमै निधन भएको थियो । रणबहादुरको निधनपछि श्रीमती सञ्चरानी लिङखिम तथा छोरीहरू परी, सुनिता र हाङसमा लिङखिम तथा उहाँका परिवार र आफन्त मिलेर २०७७ सालमा स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठान स्थापना गरी हरेक वर्षको असोज ९ गते बिभिन्न सहयोग प्रदान गर्ने सहितका कार्य भइरहेको छ । 

प्रकाशित मिति : 1:13 pm

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय