ताप्लेजुङमा बजार अनुगमनलाई निरन्तरता, भेटिएन पसलहरूमा मूल्य सूची



ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । पहिलो चरणमा खाद्यान्न पसल र होटल तथा मदिरा बिक्री गर्ने पसलहरूको अनुगमन थालिएको हो ।

यसै क्रममा हिजो फुङलिङ नगरपालिका वडा नं. ५ र वडा नं. ६ को पराजुली चोकका विभिन्न खाद्यान्न पसल, होटल र मदिरा बिक्री गर्ने पसलहरूमा अनुगमन गरिएको छ । अनुगमन गरिएको ३०र३२ पसल मध्ये अधिकाम्स पसलहरूमा मूल्य सूची नभएको भेटिएको छ ।

घरेलु तथा साना उद्योग ताप्लेजुङका प्रमुख युवराज घोसाईको   नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा पसलहरूमा मूल्य सूची नभएको पाइएको हो ।  उक्त मूल्य सूची नभएको पसलहरूलाई चाडैँ मूल्य सूची राख्न सुझाव दिइएको घोरसाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्को पटक अनुगमनमा आउँदा यस्तो पाइएमा जरिवाना सहित कारबाही गरिने अवगत गराइएको छ । अनुगमनको क्रममा पसलको दर्ताको प्रमाणपत्र, नवीकरण, वस्तुहरूको म्याद गुज्रेको भए नभएकोबारे अनुगमन गरिएको समेत कार्यालयका प्रमुख घोर्साईले जानकारी दिनुभयो । बिना दर्ता सञ्चालन भएका पसलहरूलाई पनि चाँडै दर्ता गर्न र नवीकरण गर्न बाकी रहेकालाई पनि समयमै गर्न सुझाब दिइएको छ ।

चाडपर्व नजिकिएसँगै बढ्ने कालोबजारीलाई न्यूनीकरण गर्नका लागि अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ ।  अनुगमनमा जिल्ला प्रशासनका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रण कार्यलयका कोष नियन्त्रकका प्रतिनिधि, प्रहरी सहायक निरीक्षक कमल कुमार लुङ्गेली लगायतको उपस्थितिमा गरिएको हो ।

यश अघि फुङ्लिङ बजारका केही स्थल र सुकेटारमा अनुगमन गरिएको थियो । यो सँगै  बाकी रहेका क्षेत्रमा पनि चाडैँ अनुगमन गरिने बताईएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ०५:४०

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको