ताप्लेजुङमा बजार अनुगमनलाई निरन्तरता, भेटिएन पसलहरूमा मूल्य सूची



ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । पहिलो चरणमा खाद्यान्न पसल र होटल तथा मदिरा बिक्री गर्ने पसलहरूको अनुगमन थालिएको हो ।

यसै क्रममा हिजो फुङलिङ नगरपालिका वडा नं. ५ र वडा नं. ६ को पराजुली चोकका विभिन्न खाद्यान्न पसल, होटल र मदिरा बिक्री गर्ने पसलहरूमा अनुगमन गरिएको छ । अनुगमन गरिएको ३०र३२ पसल मध्ये अधिकाम्स पसलहरूमा मूल्य सूची नभएको भेटिएको छ ।

घरेलु तथा साना उद्योग ताप्लेजुङका प्रमुख युवराज घोसाईको   नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा पसलहरूमा मूल्य सूची नभएको पाइएको हो ।  उक्त मूल्य सूची नभएको पसलहरूलाई चाडैँ मूल्य सूची राख्न सुझाव दिइएको घोरसाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्को पटक अनुगमनमा आउँदा यस्तो पाइएमा जरिवाना सहित कारबाही गरिने अवगत गराइएको छ । अनुगमनको क्रममा पसलको दर्ताको प्रमाणपत्र, नवीकरण, वस्तुहरूको म्याद गुज्रेको भए नभएकोबारे अनुगमन गरिएको समेत कार्यालयका प्रमुख घोर्साईले जानकारी दिनुभयो । बिना दर्ता सञ्चालन भएका पसलहरूलाई पनि चाँडै दर्ता गर्न र नवीकरण गर्न बाकी रहेकालाई पनि समयमै गर्न सुझाब दिइएको छ ।

चाडपर्व नजिकिएसँगै बढ्ने कालोबजारीलाई न्यूनीकरण गर्नका लागि अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ ।  अनुगमनमा जिल्ला प्रशासनका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रण कार्यलयका कोष नियन्त्रकका प्रतिनिधि, प्रहरी सहायक निरीक्षक कमल कुमार लुङ्गेली लगायतको उपस्थितिमा गरिएको हो ।

यश अघि फुङ्लिङ बजारका केही स्थल र सुकेटारमा अनुगमन गरिएको थियो । यो सँगै  बाकी रहेका क्षेत्रमा पनि चाडैँ अनुगमन गरिने बताईएको छ ।

प्रकाशित मिति : 5:40 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी